मन्त्रीको पासोमा प्रधानमन्त्री, सवैले ताक्छन् आकर्षक मात्रै
काठमाडौँ २९ साउन।
प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम देखिने गरी रफ्तारमा काम गर्न चाहिरहेको घोषणा गरेका छन्।
एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै दाहालले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने उद्घोष पदवहालीकै क्षणमा गरे।
तर, उनले अझै मन्त्रिपरिषदलाइृ पूर्णता त के सरकारमा रहेका प्रमुख दुई दलबाटै मन्त्री बनाउन सकिरहेका छैनन। १९ साउनमा प्रधानमन्त्री निर्वाचित भई २० साउनबाट काम थालेका दाहालले मन्त्रीको अभावमा आफूले चाहेको गतिमा काम गर्न सकेका छैनन्।
दाहालले प्रधानमन्त्रीको शपथ लिएकै दिन दुई उपप्रधानसहित ६ सदस्यीय मन्त्रिमण्डढल गठन गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले गत मंगलबार थप तीन विनाविभागीय मन्त्री थपेका छन्। उनीहरु बिहीबार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषदलाई पूर्णता दिएर अघि बढ्न खोजे पनि उनले प्रमुख सत्तासाझेदार दल कांग्रेसबाट मात्र होइन, आफ्नै पार्टी माओवादी केन्द्रबाट पनि सरकारमा सहभागी हुने व्यक्तिको टुंगो लगाउन सकेका छैनन्। दुवै पार्टीमा आकांशक्षी धैरै हुँदा मन्त्रीको टुंगो लाग्न नसकेको हो। राजधानी दैनिकमा समाचार छ।
प्रतिकृया दिनुहोस्
Loading...