रहेनन ‘वारी जमुना पारी जमुना’ का गायक खेमराज

काठमाडौँ ९ भदौ ।

‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ ।

गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको अस्पतालले जनाएको छ ।

जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो ।

चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो ।

थप उपचारका उनलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...