काठमाडौँमा एक महिनामा १ सय २० मोटरसाइकल चोरी

काठमाडौँ ९ भदौ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट एक महिनाको अवधिमा १ सय २० वटा मोटरसाइकल चोरी भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाको अवधिमा १ सय २० मोटरसाइकल हराएको उजुरी दर्ता भएको जनाएको छ । 

जसमध्ये उपत्यकाका विभिन्न स्थानबाट पार्किङ गरेर राखेको अवस्थामा मोटरसाइकल हराउने गरेको हो ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले सवारी एकान्त स्थानमा पार्किङ, रातको समय, अस्पताल र विमानस्थल क्षेत्रबाट बढी हराउने गरेको बताए । उनले भने – “आफ्नो सवारी साधनको ह्यान्ड लक र सुरक्षित स्थानमा राख्नुहोस् ।”

महाशाखाले पछिल्लो एक महिनामा विभिन्न समयमा चोरी भएका १ सय २० मोटरसाइकलमध्ये १२ मोटरसाइकल खोजी गरी सम्बन्धित सवारी धनीसमक्ष दिएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...