प्रधानमन्त्रीको भान्साबाट भाँडाकुँडा एकाएक हराएपछि प्रचण्ड तनाबमा

काठमाडौं, २१ साउन।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरेपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा किचेनका सामानहरु एकाएक हराएका छन् ।

प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर-घरमा लगेको हुन सक्ने अनुमान गरिएको छ ।


प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र हराउने गरेको यो पहिलो घटना होइन । विगतमा पनि यसैगरी सामानहरु हराउने गरेका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा सर्न लागेको थाहा पाएपछि कर्मचारीहरुले भान्सामा प्रयोग हुने भाँडाकुँडा र तन्नाहरु नयाँ किन्नुपर्ने बताएका छन् ।

यो विषयमा प्रधानमन्त्री प्रचण्डलाई तनाब भएको छ भने, बालुवाटारमा केही पनि नयाँ सामानहरु नकिन्न र पुरानै सामानहरुबाट काम चलाउन उनले कर्मचारीलाई निर्देशन दिएको स्रोतले बतायो ।

पहिलोपटक प्रधानमन्त्री बनेका बेला प्रचण्डले एक लाखको पलङ खरिद गरेको चर्चा चलेको थियो । कर्मचारीले आफैं सामानहरु यो-यो चाहिन्छ भन्दै किन्ने गरेको बुझेपछि प्रचण्डले यसपटक पुरानै सामानबाट काम चलाउनु नयाँ नकिन्नु भन्ने निर्देशन दिएको स्रोतले बतायो ।

तर, भान्साका थाल बटुका र भाँडाकुँडाका साथै खाटमा ओछयाइने तन्नासमेत रातारात गायव पारिएकाले नयाँ किन्नैपर्ने भएको स्रोतले बतायो ।

बालुवाटार स्रोतका अनुसार प्रचण्ड शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्ने कार्यक्रम छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...