मधेस आन्दोलनमा मारिएका परिवारले एक हप्ताभित्र १० लाख पाउने

काठमाडौं, २१ साउन । 

सरकारले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । 

मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नु अघि प्रचण्डले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए ।

बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । सरकारले घाइतेलाई उपचारको बिल अनुसारको खर्च दिने निर्णय समेत गरेको  बैठकपछि सरकारका प्रवक्ता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिए  ।

यसैगरी मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृहमन्त्रालयलाई प्रक्रिया थाल्न मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...