कुन दलबाट को को सांसद कुन कुन मन्त्री बन्दै विवरण सहित
काठमाडौँ, १८ साउन ।
प्रधानमन्त्री निर्वाचन आउन एक दिन बाँकी रहेका बेला सरकारमा सहभागी हुने दल र तिनका सांसदहरू मन्त्री बन्नका लागि दौडधुप सुरू गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन धेरै सांसदहरूले आकंक्षा देखाएका छन् । भोलि बुधबार संभवत ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित हुने छन् ।
नयाँ सरकारमा मन्त्री बन्ने तयारीमा माओवादी केन्द्रबाट उपप्रधान एवम् अर्थमन्त्रीको जिम्मेवारी महासचिव कृष्णबहादुर महराले पाउँदै छन् ।
महरा कांग्रेस–माओवादी केन्द्रको समीकरण बनाउने प्रमुख व्यक्तिमा पर्छन् । माओवादीबाट यस पटक प्रभावशाली मन्त्रालयको जिम्मेवारी जनार्दशन शर्माले पाउँदै छन् ।
कांग्रेसबाट विमलेन्द्र निधी, सीतादेवी यादव, शेखर कोइराला र अर्जुन नरसिंह केसीलाई मन्त्री बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।
फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजयकुमार गच्छदारलाई ‘प्रचण्ड’ले पहिलो चरणमा मन्त्री बनाउने तयारी गरेका छन् । फोरम लोकतान्त्रिकबाट मन्त्री बन्ने सूचीमा जितेन्द्र देव र योगेन्द्र चौधरीको नाम चर्चामा छन् ।
मन्त्री बन्ने सूचीमा कांग्रेसबाट रमेश लेखक, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, दीपक गिरी, डा. प्रकाशशरण महत, केशवकुमार बुढाथोकी, फर्मुल्लाह मन्सुर, नवीन्द्रराज जोशी, राजन केसी, चन्द्र भण्डारी, कमला पन्त, शंकर भण्डारी, गगन थापा, हृदयराम थामी, रोमी गौचन थकाली, अर्जुन जोशी, सुजाता परियार, मानबहादुर विश्वकर्मा आदिको नाम चर्चामा छन् ।
राज्यमन्त्रीमा भने बहादुर सिंह तामाङ, दीपक खड्का, ईन्द्र बानियाँ, रामहरि खतिवडा, राजु खनाल, अनिता देवकोटा, सुशीला चौधरी, मीन विश्वकर्मा, जीवन शाही, किरण यादव, अम्बिका बस्नेत, सुधिर शिवाकोटी, कमल पँगेनी र नागेन्द्र कुमाल आदिको नाम कांग्रेसभित्र चर्चामा छ ।
माओवादी केन्द्रबाट अग्नि सापकोटा, रेखा शर्मा, गिरिराजमणि पोखरेल, हितराज पाण्डे, राम कार्की, रविन्द्रप्रताप शाह र दलजित बिके श्रीपाली, सीता नेपाली, प्रभु साहलगायतका नाम चर्चामा छन् ।
राज्यमन्त्रीमा महेन्द्र बहादुर शाही, अशोक मण्डल, अशोक यादव, अमनलाल मोदीलगायतका नाम चर्चामा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुनिलबहादुर थापा, विक्रम पाण्डेको नाम अगाडि आएका छन् । राप्रपाबाट दीपक बोहराले फेरि मन्त्रीमा दोहोरिन चाहेको स्रोतको भनाइ छ । नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री पक्का भइसकेको स्रोतले दाबी गरेको छ ।
साना दलका तर्फबाट प्रेमबहादुर सिंहको नाम चर्चामा छ । थारु सम्बद्ध दलहरूका तर्फबाट रुक्मिणी चौधरी यस पटक मन्त्री बन्ने सूचीमा रहेको बताइन्छ । नेपाली जनता दलका हरिचरण साह पनि मन्त्री बन्ने दौडधुपमा लागेका छन् ।
मधेसी मोर्चाबाट उपेन्द्र यादव उपप्रधान तथा परराष्ट्रसहित अशोक राईलाई लिएर सरकारमा जाने तयारीमा छन् ।
तमलोपाबाट शवेन्द्रनाथ शुक्ला, अभिषेकप्रताप साह, सद्भावनाबाट लक्ष्मणलाल कर्ण, शैली महतो, तमसपाबाट महेन्द्र राय यादव, रामसपाबाट निर्जला राउतलगायतका नाम चर्चामा छन् ।
प्रतिकृया दिनुहोस्
Loading...