सुदूरपश्चिमका चेलीहरुलाई काठमाडौंमै दर खुवाउने तयारी

झलक पाली, काठमाडौं, ३० साउन । 

सुदूरपश्चिमका कलाकारहरुले काठमाडौंमा तीज विशेष वृहत साँस्कृतिक कार्यक्रम र सुदूरपश्चिमेली चेलिहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

तीजको समयमा काठमाडौंमा उपलब्ध हुने चेलिबेटीहरुलाई दर खुवाउने, चाडपर्वमा एकआपसमा भेटघाट, आ–आफ्ना कलाको प्रदर्शनी र आत्मियता बढाउन वृहत साँस्कृतिक कार्यक्रम सहित यसपालीको तीजको अघिल्लो दिन भाद्र १८ गते दर खुवाउने कार्यक्रम आयोजना गरिन लागेको हो ।

काठमाडौंमा रहेका सम्पूर्ण कलाकारहरु र कला संस्कृति प्रेमी युवाहरुको संयुक्त प्रयासमा पहिलो पटक कार्यक्रम आयोजना गर्न लागिएको लोक तथा डेउडा गायक एवं बसिबियाँलो म्यूजिक प्रा.ली.का प्रबन्ध निर्देशक सूर्य विरही साउँदले बताए ।

कार्यक्रमका लागि आवश्यक तयारी थालिएको र कार्यक्रम स्थान तय भईनसकेको कार्यक्रमका संयोजक समेत रहेका साउदले बताए ।

राजधानीमा उपलब्ध हुने सक्ने सम्पूर्ण विधाका कलाकारहरुलाई उक्त कार्यक्रममा सहभागि गराईने उनिहरुका साङ्गितिक प्रस्तुती रहने सो कार्यक्रममा सम्पूर्ण सुदूरपश्चिमेली चेलीहरुलाई सहभागिताका लागि आयोजकले विशेष अनुरोध समेत गरेको छ ।

कार्यक्रमका माध्यमबाट सुदूरपश्चिमका कलाकारहरुबिच एकता, सद्भाव, आत्मियता बढ्ने र काठमाण्डौमा रहेका चेलीबेटीहरुले पारिवारिक वातावरणको अनुभूति गर्ने विश्वास लिएको बरिष्ठ गायक, सँगितकार एवं मालश्री रेकर्डिङ्ग स्टुडियोका एरेञ्जर बिनोद बाजुरेलीले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...