नक्कली डाक्टरलाई काममा नलगाउन प्रचण्डको निर्देशन
काठमाडौँ, ३० साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका कुनै पनि चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नका लागि तत्काल रोक लगाउन निर्देशन दिएका छन् ।
शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब पचास चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो ।
शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब पचास चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो ।
अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा फर्केको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको भन्ने सूचना आएपछि प्रधानमन्त्रीले आज स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीलाई फोन गरी नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने काम तत्काल रोक्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार छानबिनका क्रममा रहेका अयोग्य चिकित्सकलाई कारबाहीको दायरामा ल्याउन तथा उनीहरुको प्रमाणपत्र समेत तत्काल निलम्बन गर्नका लागि नेपाल मेडिकल काउन्सिललाई समेत प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।
अदालतमा चलिरहेको मुद्दा किनारा नलागेसम्म स्वास्थ्योपचारमा अयोग्य चिकित्सक संलग्न हुने विषय मानवीय स्वास्थ्यसँगको खेलबाड भएकाले त्यसलाई सहन नसकिने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्रीले मानव स्वास्थ्यसँग कुनै पनि खेलबाड गर्ने र छानबिनका रहेका चिकित्सक बिरामी जाँच्न लागिपर्ने काम पूर्णतः गलत हो भन्दै तत्काल कारबाही गर्न स्वास्थ्य सचिव उप्रेतीलाई निर्देशन दिएको स्वकीय उपसचिव तिमिल्सिनाले जानकारी दिए ।
स्वास्थ्यको विषय सबैभन्दा संवेदनशील रहेकाले अयोग्य चिकित्सकले जाँच गर्ने विषय नै पूर्णतः गैरकानुनी भएकाले त्यसमा ध्यान दिन सचिव उप्रेतीलाई निर्देशन दिइएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...