माओवादी केन्द्रमा बमण्डर, चर्चित नेता शाह र बस्नेतले पार्टी छाड्दै

काठमाण्डौं ३०,साउन ।  

नेकपा माओवादी केन्द्रमा मन्त्रीको लफडा वढ्दै गएपछि अन्ततः पार्टी परित्याग गर्ने तहसम्म पुगेको छ । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले एकलौटी रुपमा आफुनिकटका नेतालाई मन्त्री बनाएपछि दुईजना प्रभावशाली नेताले पार्टी नै छाड्ने तयारी गरेका हुन् ।  

मधेसमा प्रभावशाली मानिएका माओवादी नेता प्रभु साह र सल्यानका संसाद तथा स्थायी समिति सदस्य टेकबहादुर बस्नेतले प्रचण्डलाई पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् ।

प्रभु साह माओवादी केन्द्रमा मधेसमा सबैभन्दा वढी प्रभावशाली नेता मानिन्छन् । उनी यसअघि बाबुराम भट्टराई निकट रहदै आएका थिए ।  

स्रोतका अनुसार बस्नेतले प्रचण्डलाई आफूले दुई–दुई पटक चुनाव जित्दा पनि पार्टीले उचित मूल्याङ्कन नगरेको भन्दै पार्टी त्याग्ने धम्की दिएका हुन । बस्नेतले पार्टी हेडक्वार्टरमा मुल्याङकन नभएको र रुकुम–रोल्पाको दादागिरी बढेको आरोप समेत लगाएका छन् ।

बस्नेतले प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई रुकुमका नेता जनार्दन शर्माको इसारामा चलेको आरोप समेत लगाएका छन् । केन्द्रमा जनार्दन शर्माको दादागिरिका कारण आफुले मन्त्री नपाएको बस्नेतको चर्को असन्तुष्टी रहेको छ । जनार्दन शर्माको कुरा सुनेर प्रचण्डले आफुलाई मन्त्री नबनाएको बस्नेतको गंभीर आरोप छ । 

सरकार गठन भएको १० दिनपछि माओवादी केन्द्रले लामो विवादका बाबजुद आइतबार आफ्नो भागमा परेका ८ मध्ये ४ मन्त्रीको नाम छनोट गरेको छ । 

यता माओवादी केन्द्रका नेता प्रभु साहले अहिलेको मन्त्रिमण्डल गठन प्रक्रियाप्रति तीब्र असन्तोष व्यक्त गरेका छन् । उनले  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले देशलाई राजनीतिक निकास दिने प्रतिवद्धताबाट पछि हटेको संकेत गरेको दावि गरेका छन् । 

मधेसबाट शाहलाई मन्त्री बनाउने चर्चा चलेपनि अन्तीम समयमा प्रचण्डले जनार्दनलाई काखी च्याप्दै प्रभु साहलाई आउट गरेका थिए ।  

माओवादी मन्त्रिमण्डलमा साहको दाबी ऊर्जा मन्त्रालयमा थियो । तर, अर्थबाहेक रोजेर मन्त्रालय छान्न प्रचण्डबाट अनुमति पाएका जनार्दन शर्माले ऊर्जा मन्त्रालय छानेपछि साहको दाबी कमजोर बन्न पुगको थियो । 

त्यसपछि साहले स्थानीय विकास मन्त्रालय मागेका थिए । तर स्थानीय विकास मन्त्रालय पनि प्रचण्डले आफू निकट नेता हितराज पाण्डेलाई दिएपछि साहका निम्ति कानुन मन्त्रालय मात्र विकल्पका रुपमा थियो । 

जुन मन्त्रालय साहले लिन मानेनन् । साहले पार्टी नेतृत्वलाई यस्तै अवस्था रहिरहे लामो समय माओवादीमा बस्न नसक्ने सन्देश पढाइसकेको स्रोतको दावि छ ।

न्युज सेवाबाट 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...