अपडेट : त्रिशुली बस दुर्घटनामा ज्यान जानेको संख्या २१ पुग्यो, (घाइतेको नामसहित)


काठमाडौं १०, भदौ । 

नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । २० जनाको घटनास्थमै र एक जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । दुघएटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन ।

घाइते भएका १६ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । घाइते दुई वर्षिया एक बालिकाको मुग्लिनमा तथा ९ जनाको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा र २ जनाको भरतपुरमै रहेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते ११ जनाको नाम खुलेको छ ।

घाइतेको नाम

१. सोयाता गुप्ता, उमेर ५ वर्ष
२‍. मिली शाह, उमेर ९ वर्ष
३. प्रिन्स शाह, उमेर २ वर्ष
४. अविनाश चौधरी, २५ वर्ष, सर्लाही वसन्तपुर १
५. सुसन श्री बास्तव, २८ वर्ष, रौतहट गौर नगरपालिका १०
६ . सुराधी गुप्ता, वर्ष २८, भारत, सीतामडी
७. राजन पाण्डे, वर्ष ३०, धादिङ, बसका सहचालक
८. दीपिका थापा, पोखरा
९. राजेश गुप्ता, वर्ष २८, भारतको पितामडी
१०. सञ्जय शाह, वर्ष ४०, रौतहट चकुर ५
११. श्याम न्यौपान, वर्ष २५, रौतहट चकुर ३
१२. एक बालिका, वर्ष २ नाम (खुल्न बाँकी)

रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै दुर्घटनामा परेको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको चण्डी भञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, नेपाल प्रमहरी, सशस्त्र प्रहरीले उद्धार गरेका छन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा आफू अत्यान्त दुखि भएको बताएका छन्। 

, ,

प्रतिकृया दिनुहोस्

Loading...