'आवस्यक भए संविधान संसोधन गर्न सकिन्छ'

धनकुटा, १० भदौ ।

नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले आवस्यक भए संविधान संसोधन गर्न सकिने वताएका छन् ।

 प्रेस चौतारी नेपाल धनकुटाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले यस्तो वताएका हुन् । संविधान संंसोधन हुने दस्तावेज भएको वताउदै आवश्यक परे जतिखेर पनि संसोधन गर्न सकिने उनको भनाई छ ।

नेपालमा जतिखेर सरकार लोकप्रिय बन्दै जान्छ त्यतिखेर नै देशी तथा विदेशी शक्तिहरुले सरकार ढाल्ने गरेको पनि नेता पोखरेलको आरोप छ । उनले भने– 'मनमोहन नेतृत्वको सरकार जनप्रिय हुदै गएको अवस्थामा अविश्वासको प्रस्ताव पेश गरी सरकार ढालियो अहिले पनि केपी ओली नेतृत्वको सरकार लोकप्रिय वन्दै गए पछि सरकार ढालेर अस्थिरता पैदा गर्न खोजिएको छ ।'

नेता पोखरेलले स्थानीय निकायको पुनसंरचना गर्दास्थानीय तहबाट नै त्यसको टुंगो लगाउनु पर्ने जिकिर गरेका छन् । एक फरक प्रसंगमा अहिलेको सुधारिएको संसदिय व्यवस्थाले स्थीरता ल्याउन नसके प्रत्यक्ष कार्यकारी शासन प्रणालीमा जान सकिने वताउदै उनले त्यसका लागि नेपालीका काँग्रेस तयार हुनु पर्ने प्रस्ट पारे । 

नेकपा एमाले अहिले पर्ख र हेर अवस्थामा रहेको हुँदा सरकारको काम हेरेर माज्त्र त्यसको समर्थन वा विरोध के गर्ने भनन्ने निष्कर्षमा पुग्ने पोखरेलको भनाई छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...