आइएसका अफगानिस्तान प्रमुख मारिएको अमेरिकाको दाबी
एजेन्सासी, २९ साउन ।
अमेरिकाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका अफगानिस्तान र पाकिस्तानका प्रमुख हाफिज सइद खान मारिएको जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टानगका अनुसार आइएसका अफगानिस्तान र पाकिस्तान प्रमुख खान गएको महिना भएको ड्रोन आक्रमणको क्रममा मारिएका हुन् ।
गएको महिना अफगानिस्तानको पूर्वी प्रान्त नानगरहारमा भएको हवाई आक्रमणको क्रममा ज्यान गएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता गोर्डन ट्राउब्रिजले बताउनुभएको बिबिसीले जनाएको छ ।
आइएसमा आउनुअघि खान तालिबानका नेता थिए । यसअघि पनि उनको ज्यान गएको खबर आएका थिए । पाकिस्तानका लागि अफगानिस्तानका राजदूतले पनि खानको ज्यान गएको बताएका छन् । तर आइएसले भने उनी जिवितै रहेको दाबी गरेको छ ।
नानगरहारमा भएको आक्रमणमा खान नभई अर्का कमाण्डर मारिएको आइएसको दाबी छ । अमेरिकाले भने २६ जुलाईमा भएको हवाई अक्रमणको क्रममा खान मारिएको बताएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...