ओली सरकारको समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, २९ साउन ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ ।
नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पनि बैठकमा समीक्षा हुने बुझिएको छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा ३ बजे बस्नेछ । नेकपा (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिई नेपाली काँग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याएपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही साउन ९ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्
Loading...