रियो ओलम्पिक २०१६ को भव्य समापन

एजेन्सी, ६ भदौ ।

सन् २०२० मा जापानको राजधानी टोकयोमा हुने घोषणा गर्दै ब्राजिलको जारी रियो ओलम्पिक २०१६ को भव्य समापन भएको छ।

राजधानी रियो दि जेनेरियोस्थित राष्ट्रिय रंगशाला माराकानामा सम्पन्न भव्य समापन समारोहमा ब्राजिलको आफ्नो मौलिक सांस्कृतिक तथा जातीय विविधता झल्काउने झाँकी प्रर्दशन गरिएको थियो।

चरम आर्थिक संकट जिका भाइरसको त्रास र कर्मचारीको आन्दोलनका बाबजुद ब्राजिलले ओलम्पिक भव्य रुपमा समापन गरेको हो। १६ दिन चलेको रियो ओलम्पिकमा २ सय ६ राष्ट्रका र केही शरणार्थी खेलाडी गरी कुल ११ हजार ३ सय ३ खेलाडीको सहभागीता रहेको थियो। नेपालको तर्फबाट सात जना खेलाडीले प्रतिशपर्धा गरेपनि पदक भने हात पार्न सफल भएन।

सहभागी २०६ राष्ट्र मध्य ७८ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति देखाउन सफल भए। अगस्ट ५ बाट सुरु भएको ३१ औं ओलम्पिकमा अमेरिका ४६ स्वर्ण ३७ रजत र ३८ काँस्य गरी कुल १ सय २१ पदक सहित टिम च्याम्पियन बन्न सफल हुँदा बेलायतले २७ स्वर्ण २३ रजत र १७ काँस्य गरी कुल ६७ पदक सहित दोस्रो स्थान कब्जा गर्न सफल भयो। त्यस्तै ओलम्पिकमा सँधै अमेकिारको प्रमुख प्रतिद्वन्द्वीका रुपमा रहेको चीन भने २६ स्वर्ण १८ रजत र २६ कास्य गरी कुल ७० पदक सहित तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

रियो ओलम्पिकबाटै विश्वका दुई महान् खेलाडीले ओलम्पिक करिअरको समाप्त भएको घोषणा गरे । अमेरिकाका पौडीबाज माइलक फ्लेप्सले आफ्नो ओलम्पिक स्वर्ण संख्या २३ पुर्याँउदा जमैकाका उसेन बोल्टले आफ्नो ओलम्पिक स्वर्ण संख्या ९ पुर्याए । उनी स्वर्णमा ह्याट्रिक गर्न सफल भए । उनले सन् २००८ को बेइजिङ ओलम्पिक सन् २०१२ को लण्डन ओलम्पिक र रियो ओलम्पिक २०१६ मा गरि १ सय मिटर , २ सय मिटर र ४ गुणा सय मिटरमा तीनै स्पर्धामा तीन तीन पटक स्वर्ण जित्न सफल भए ।

रियो ओलम्पिकमै अमेकिराले आफ्नो स्वर्ण संख्या एक हजार पुर्याउन सफल भयो । त्यस्तै विश्व फुटबलको महारथी ब्राजिलले ओलम्पिक इतिहासमै पहिलो पल्ट स्वर्ण जित्न सपल भयो । त्यस्तै दक्षिण कोरिाय र उत्तर कोरियाका दुई महिला खेलाडीले सेल्फी खिच्दै विश्वको ध्यान खिच्न सफल भए । बहमासकी सन मिलरले महिलो ४ सय मिटर दौडमा डाइभ हानेर स्वर्ण जित्न सफm भइन्। उनले अमेरिकी धाविका एलिसन फेलिक्सनलाई उछिन्दै नाटकीय रुपमा स्वर्ण जितेकी हुन् ।

त्यस्तै जर्मनी र इजिप्टबीचको महिलो बिच भलिबलको क्रममा प्रयोग भएको भिन्न भिन्न पोसाकका कारण सो खेल विश्वको ध्यानाकर्षण गर्न सफल भयो । सो खेलका क्रममा जर्मनीका महिला खेलाडी विकिनीमा प्रतिशपर्धा गरिरहेक थए भने इजिप्टका खेलाडीहरु हिजाबमा प्रतिशपार्धा गरेका थिए ।

क्यानडाका पेनी ओलेक्सियाक र अमेरिकी सिमोन म्यान्युअलले महिला १ सय मिटर पौडीमा निर्धारित दुरी एउटै समयमा भेट्टाएपछि संयुक्त रुपमा स्वर्ण पदक जित्न सफल भए ।

यता खेलमा आफ्नो खेलाडीलाई नियतवश हराएको भन्दै मंगोलियाका दुइ कुस्ती प्रशिक्षक खेल स्थलमा नै निर्वस्त्र भएका थिए । फ्रेन्च जिम्यास्टिक खेलाडी समर अहित शाहिद प्रतिशपार्धाको दौरान देब्रे खुट्टा भाच्चिएपछि उनको ओलम्पिक यात्राको दुखद अन्त्य भयो ।

,

प्रतिकृया दिनुहोस्

Loading...