गौराको अवसरमा भब्य कार्यक्रम गर्दै सुप सेवा समाज कतार

दिया चन्द, काठमाडौं ६ भदौ ।

सुदूरपश्चिम सेवा समाज कतारले आफ्नो प्रथम साधारणसभा तथा सुदुरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै छ ।

अगस्ट २६ तारिख अर्थात् आगामी शुक्रबार दोहा नज्मास्थित होटल लेट बालको शभा हलमा हुने कार्यक्रममा सुदूरपश्चिमका ख्याती प्राप्त डेउडा गायक शंकर सिंह बिस्ट र सुर्य बिरही सावद तथा डेउडा गायिका चादनी मल्ल र पबित्रा भणडारीको बेजोड प्रस्तुती रहने समाजका अध्यक्ष अमृत शाहीले इमान्दार मिडियालाई जानकारी दिए ।

यस्तै सुदूरपश्चिमेली डेउडा गीतसंगै,हुडकेउली नाँच तथा छलिया नाँचकसमेत प्रस्तुत गरिने छ । मध्य तथा सुदुरपश्चिममा विशेष हर्षोल्लासका साथ्  मनाइ गौरा पर्वको पावन अबसर पारेर यो कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

सुदूरपश्चिमको मौलिक सँस्कृतिलाई प्रावासमा रहेका नेपालीहरुको माझँबाट अगाडि बढाउन र सुपका आर्थिक, भौगोलिक, पर्यटकीय लगाएतका बिभिन्न क्षेत्रको प्रचुर प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने उदेश्यले कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष शाहीले जानकारी दिए ।

' सबै प्रवासी नेपाली मिलेर राष्ट्रको  गहनाको रुपमा रहेको नेपाली कला संस्कृतिलाई विश्व सामु देखाउदै पर्यटन प्रबर्द्धनमा विशेष भुमिका निभाउनकै लागि हामि लागिपरेका छौं ।' उनले भने, 'यस्ता कार्यक्रमले हामीमा थप सामाजिक सेवा गर्न पनि गर्ने प्रेरणा दिन्छ र सहयोगात्मक भावना तथा भाइचाराको बिकास पनि गर्द्छ।'

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...