सवारी चालक अनुमतिपत्र लिनेको संख्या १९ लाख

काठमाडौं ३१ साउन ।

सवारी साधनको संख्या तीव्र रुपमा बृद्धि भएसँगै सवारी चालक अनुमतिपत्र लिनेको संख्यासमेत बढ्दै गएको छ। 

हाल देशभर १९ लाख १९ हजार २९ सवारी चालक अनुमतिपत्र जारी भएका छन् । यो संख्या कम्प्युटरमा उतारिएको एकीकृत तथ्यांक हो ।

विगतमा लाइसेन्सको लगत प्रहरी कार्यालयले राख्ने हुँदा त्यो छुटेको हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको । कार्यालयले पुराना लाइसेन्सको लगत व्यवस्थित गर्न नसक्दा तथ्यांक पूर्ण भने हुन सकेको छैन ।

तर, विगत केही वर्षदेखि विभागले सबै अञ्चल कार्यालयहरुले पुराना लाइसेन्सको लगत व्यवस्थित गर्न नसक्दा तथ्यांक पूर्ण हुन सकेको छैन ।

एक पटक जरी भएको लाइसेन्सको अवधि ५ वर्ष हुने र उक्त लाइसेन्स अवधि सकिएको ५ वर्षसम्म नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था यातायात व्यावस्था ऐन २०४९ मा छ ।

विभागको तथ्यांक अनुसार सवैभन्दा धेरै लाइसेन्स बागमती अञ्चलबाट जारी भएको छ । असार सम्ममा ७ लाख ७५ हजार ५७८ ले बागमतिबाट लाइसेन्स लिएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...