न बम छ न गोली लडाइँ छ चर्को !
न बम छ न गोली लडाइँ छ चर्को !
हिजो आज भोलि लडाइँ छ चर्को !
न ऐया न आथा न छ हान मार !
न रगतको होली लडाइँ छ चर्को !!
न मार्चपास सैन्य न चिलगाडी नौलो !
न ढल्दै छ चोली लडाइँ छ चर्को !!
ठूलै भर यसको छ जित्ने र हार्ने !
बडो रिस्क मोली लडाइँ छ चर्को !!
एतापट्टी पुष्पकमल र अरु छन !
उतापट्टी ओली लडाइँ छ चर्को !!
बलराम तिमिल्सिना
२०७३/०४/०९
प्रतिकृया दिनुहोस्
Loading...