प्रहरीले पक्राउ गर्ने सूचना पाएपछी विदेश भागे पवन संघार्इ

काठमाडौँ २६ साउन । 

अवैध लागूऔषध तस्करीको अभियोगमा अनुसन्धानमा परेका चर्चित व्यापारिक घराना संघाई समूहका अध्यक्ष पवनकुमार संघाई विदेश भागेका छन्। प्रहरीले अनुसन्धान बढाएपछि शक्तिकेन्द्रको आडमा जोगिन विदेश भागेको प्रहरी स्रोतले बताएको छ।

लागूऔषध व्युरो स्रोतका अनुसार संघार्इ हाल छिमेकी मुलुक भारतमा लुकेर बसेका छन्। लागू औषध कारोबार गरेको अभियोगमा सो समूहका रतन संघार्इ पक्राउ परेलगत्तैदेखि अध्यक्ष पवनको फोन नेपालमा प्रयोग नभएका कारण उनी विदेश भागेको देखिएको हो।

नेपाल र भारतमा रहेका व्यापारिक प्रतिष्ठान पनि हेर्न मिल्ने गरी उनी भारततर्फ फरार भएका कारण उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ।

आगूऔषध तस्करी गरेको अभियोगमा अनुसन्धान अघि बढाएको प्रहरीले एक साताअघि पवन संघार्इ र उनको सबै कम्पनीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ। उनको सम्पति पनि रोक्का भइसकेको छ। तर पनि उनलार्इ पक्राउ गर्न भने प्रहरी असफल बनेको हो। राजधानी दैनिकमा समाचार छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...