मन्त्री बन्न हानथाप भएपछि माओवादीमा सकस

काठमाडौं २६ साउन ।

माओवादी केन्द्रमा मन्त्री छनोटमा सकस भएको छ । पार्टीका तर्फबाट पठाउने मन्त्री छनोट गर्न मंगलबार बसेको बैठक अनिर्णीत भएको छ । आकांक्षी धेरै र गुटगत प्रतिनिधित्व खोजेपछि निर्णय नभएको हो ।

माओवादीले पार्टीको भागमा परेका ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा, स्थानीय विकास मन्त्रालयमा हितराज पाण्डे, सूचना तथा सञ्चारमा राम कार्की, संसदीय मामिला तथा कानुनमा प्रभु साह र शिक्षा मन्त्रालयमा धनीराम (डिआर) पौडेललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, संस्थागत भन्दा व्यक्तिगत प्रभावका आधारमा मन्त्री छनोट गर्न खोजिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएको स्रोतले बतायो । 

प्रस्तावित नाममा क्षेत्रीय सन्तुलन नमिलेको, महिला मन्त्री नपरेको तथा गुटगत प्रवृत्ति बढेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

माओवादी केन्द्रको जम्बो महाधिवेशन आयोजक समितिको बैठक १० देखि १५ भदौसम्म भृकुटीमण्डपमा हुने भएको छ । पार्टी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा गएको र परिवर्तित राष्ट्रिय राजनीतिका कारण २ भदौबाट गर्ने भनिएको बैठक केही दिन पछि सारिएको नेता अग्नि सापकोटाले जानकारी दिए ।

‘आयोजक समिति अलिक ठूलै संख्याको छ, त्यसकारण पनि बैठक भृकुटीमण्डपमा आयोजना गर्ने सोचिएको हो,’ सपाकोटाले भने, ‘सायद ठाउँ मिल्यो भने भृकुटीमण्डपमै हुन्छ ।’ आयोजक समिति बैठकले पार्टीको महाधिवेशनलगायतका विषयमा छलफल गर्नेछ ।

चुनौती र सम्भावनाबीच सरकारको नेतृत्व गरिरहेको छु । सरकारको सफलता र असफलतासँग पार्टीको पनि भविष्य जोडिएको छ । यसलाई खेलाचीका रूपमा हामीले सोच्नुहुँदैन । 

सबै साथीहरूले राम्रोसँग सहयोग गर्नुहोस् । सरकारको नेतृत्वमा बसेर मैले जे–जति कार्यक्रम घोषणा गरेको छु, त्यसको कार्यान्वयनमा सिंगो पार्टीपंक्ति लाग्नुपर्ने अवस्था छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...