माओवादीले गर्यो प्रकाशको संयोजकत्वमा सहयोग समिति गठन

काठमाडौं, ६ भदौ 

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले सरकारको काममा सहयोग गर्न भन्दै ११ सदस्यीय सहयोग समिति गठन गरेको छ ।


माओवादी केन्द्रको केन्द्रीय कार्यालयको शनिबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निजी निवासमा बसेको बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा ११ सदस्यीय सहयोग समिति गठन गरेको हो ।

समितिमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, मात्रिका यादव र तिलक परियार सदस्य छन् । सरकारमा सहभागी उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि समितिको सदस्यमा राखिएको प्रवक्ता पम्फा भुषाले जानकारी दिइन् ।

माओवादी केन्द्रले यसअघिको सरकारका बेलामा पनि श्रेष्ठकै संयोजकत्वमा सरकारका काममा समन्वय गर्न भन्दै समिति गठन गरेको थियो ।

माओवादी केन्द्रले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको भोलिपल्ट रामबहादुर थापाको नेतृत्वमा संगठन विभाग गठन गरेको छ ।

१३ सदस्यीय संगठन विभागमा ७ वटा प्रदेशका इन्चार्ज तथा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, जयपुरी घर्ती र मणी थापा सदस्य छन् ।

बैठकले १ नम्बर र ७ नम्बर प्रदेशको इन्चार्ज हेरफेर गरेको छ । १ नम्बर प्रदेशमा राम कार्कीको स्थानमा गोपाल किराँती तथा ६ नम्बर प्रदेशमा जनार्दन शर्माको स्थानमा शक्ति बस्नेतलाई इन्चार्ज तोकिएको प्रवक्ता भुषालले जानकारी दिइन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...