प्रचण्ड नेतृत्वको माओवादी दलाल, भ्रष्ट र पतित मान्छेहरुको केन्द्र हो : प्रकाण्ड
दिया चन्द, काठमाडौँ ५ भदौ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले प्रचण्ड नेतृत्वमा रहेको माओवादीलाई दलाल, भ्रष्ट र पतित मान्छेहरुको केन्द्र भएको आरोप लगाएका छन्।
आज काठमाडौँमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रकाण्डले यस्तो धारणा व्यक्त गरेका हुन्। पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रकाण्डले आफ्नो पार्टीले क्रान्तिकारी ध्रुवीकरणको थालनी गरेको भन्दै उक्त ध्रुवीकरणमा सहभागी हुन प्रचण्ड, वैद्य र अरु सबै खेमामा रहेका इमान्दार क्रान्तिकारीहरुलाई आग्रह गरेका छन् ।
केही दिनभित्र हेमन्तप्रकाश वली सुदर्शनको नेतृत्वमा रहेको कम्युनिष्ट न्युक्लियससँग आफ्नो पार्टीको एकता हुन लागेको जानकारी दिदै उनले नयाँ पार्टी निर्माणको २० महिनापछि आफ्नो पार्टीले क्रान्तिकारी ध्रुवीकरणको थालनी गरेको बताए ।
वर्तमान सत्ता जनताको नभई विदेशी तथा स्वादेशी दलाल पूँजीपतिहरुको निर्देशनमा चलेको भन्दै प्रकाण्डले यो सत्ताले देश र जनताको हितमा कहिल्यै काम गर्न नसक्ने बताए ।
उनले पुरानो सत्ताको बिकल्पमा अब आफ्नो पार्टीले नयाँ सत्ता लिएर चलाउने र दलाल पुँजीपतिहरुको दोहोलो काढ्ने दाबि समेत गरेका छन् ।
प्रकाण्डले भने, 'अहिले आत्मनिर्भर राष्ट्रिय पूँजी निर्माण तथा उत्पीडित जनताको पक्षमा, बाह्य हस्तक्षेप र राष्ट्रिय अन्तर्राष्ट्रिय दलाल पूँजीपतिद्वारा निर्देशित सत्ताधारीका विरुद्ध क्रान्ति शुरुवात गर्दा सुरक्षा फौज पयोग गरेर बर्बर दमन गर्न शासकहरु हानथाप गरिरहेका छन् ।'
पार्टी एकता गरिने कुराको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अरु एकतामा आउने भनिएका पार्टीका भने कुनै पनि प्रतिनिधिहरुको सहभागिता थिएन ।
प्रकाण्डका अनुसार कम्युनिस्ट न्युक्लियसको सिंगो पार्टी, माओवादी केन्द्रका नेता सन्देश पौडेल, वैद्य माओवादीबाट इस्लाम हवाली नेत्तृत्वमा रहेका विभिन्न समूह र विप्लव माओवादीबीच भाद्र ७ गते जमलमा पार्टी एकता घोषणा गरिने छ ।
पत्रकार भेटघाटमा बाडीएको बिज्ञप्ति यस्तो छ

प्रतिकृया दिनुहोस्
Loading...