रियो ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी निशाकाे प्रतिस्पर्धा आज
काठमाडौं, ४ भदौ ।
रियो ओलम्पिक अन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले शनिबार प्रतिस्पर्धा गर्दै छिन् ।
६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । खेल बेलुका पौने ८ बजे हुनेछ ।
निशाले ६७ केजीमाथिको तौल समूहमा चीनकी सुइन झेङसँग प्रतिस्पर्धा गर्नैछिन् । २२ वर्षीया झेङ आफ्नो तौल समूहकी विश्व च्याम्पियन हुन्। वाइल्ड कार्ड पाएर ओलम्पिकमा छनौट भएकी निशाले शनिबारको खेलमा जेङलाई हराउन सके क्वाटरफाइनलमा पुग्ने छिन् ।
ओलम्पिक खेलकुदमा नेपाली तेक्वान्दोको इतिहास सुखद छ । विधान लामाले सोल ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शनी खेलमा राखिँदा कांस्य पदक जितेका थिए । उनको जितेको पदक ओलम्पिकमा नेपालले जितेको एकमात्र पदक हो । नेपाली तेक्वान्दो स्टार संगीना वैद्यले छनोट चरण पारेर सन् २००४ को ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् ।
निशाले आफूले तयारी राम्रो गरेको र जतिसक्दो राम्रो प्राविधिक खेल खेल्ने बताएकी छन् । निशा रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी हुन् । नेपालले रियो ओलम्पिकमा तेक्वान्दो, पौडी, एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको छ । पौडी, एथलेटिक्स र आर्चरीका खेलमा नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...