महाधिवेशन सकिए लगत्तै युपीले लिए नेविसंघबाट बिदा, पत्रकारलाई दिए धन्यवाद !

काठमाडौं ४ भदौ ।

नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेविसंघको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै प्रवक्ताको जिम्मेवारी सम्हालेका युपी लामिछानेले नेविसंघबाट बिदा लिएका छन् ।

लामिछानेले नेविसंघबाट बिदा लिएको बिषयलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनि नेविसंघमा चल्तापुर्जा नेताका रुपमा स्थापित थिए ।

लामो समय केन्द्रिय कार्यालयमा रहेका उनले पार्टीका हरेक गतिबिधि र आफ्नो संगठनकोबारे पत्रकारहरुलाई सबै भन्दा पहिला जानकारी दिएर प्रचार प्रशारको भूमिका पार्टीका अरु नेताहरुको भन्दा बढी निर्बाह गरेको चर्चा हुने गरेको थियो ।

उनले प्रवक्ताको जिम्मेवारी बहन गर्दा साथ र सहयोग गर्ने पत्रकारहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग प्राप्त हुने अपक्षा गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै उनले निकै प्रयास रहँदारहँदै पनि केही महत्वपूर्ण शैक्षिक मुद्दा निश्कर्षमा पुर्यापउन नसकेको प्रति क्षमा माग्दै भनेका छन्, ‘स्ववियु चुनाव गराउन नसकेको तितो अनुभव लिएर नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट विदा भएको छु । यो यात्रामा भयका कमी कमजोरीप्रति क्षमा माग्दै मलाई प्रवक्ताको रुपमा काम गर्ने अवसर दिनु भएकोमा सभापति रञ्जित कर्ण केन्द्रीय समितिका साथीहरु, पार्टी नेताज्यूहरु र आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।’ 

महाधिवेशनबाट नयाँ कार्यसमितिमा निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै उनले अगाडी भनेका छन् 'एकीकरणपछि कांग्रेसले आफ्नो दुर्इ महाधिवेशन सफलतापुर्वक सम्पन्न गरिसक्दासम्म पनि बिभाजित नेविसंघका प्रत्यक दुर्इ जिल्ला र क्याम्पस कमिटीलाई एक बनाएर, पार्टीभित्रका अनेकन समूहहरुलाई एकै ठाउँमा ल्याएर, राजनीतिक समझदारी कायम गरेर महाधिवेशनको माहोल तयार पार्नु कम चुनौतिपूर्ण थिएन । यी सबै चुनौतीलाई सामना गर्दै जारी विद्यार्थी आन्दोलनमा आफ्नो संगठनको दरिलो उपस्थिति कायम राख्दै साथीहरुको साथ र सहयोगमा हामीले ११ औं महाधिवेशन सम्पन्न गरेका छौं ।'

उनले लामो समयको अन्तरालपछि नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्न सकिएको भन्दै खुसी समेत व्यक्त गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...