सत्ता कब्जा गर्ने सोच छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ८ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सिंहदरबार प्रवेश गर्दा सत्ता कब्जा गर्ने सोचाइ नलिएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा मंगलरबार साँझ अनलाइन सम्पादक तथा प्रमुखसँगको अन्तर्क्रियामा दाहालले भने,‘ नढाँ६ भन्दा पहिले हामी सरकारमा आउँदा विद्रोहको सोचाइ थियो।

क्रान्तिको रापताप र विद्रोहको उमंग थियो। मौका पाए छाड्नु हुन्न भन्ने थियो। सत्ता कब्जाको मानसिकता थियो तर यपसपटक त्यो सोचाइ र मानसिकता छैन।’

दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदा वास्तविकता र मानसिकताबीच केही अन्तर्द्वन्द्व रहेको स्वीकार्दै भने,‘सत्ता कब्जाको त्यो सोचाइ क्रान्तिको ऐतिहासिक घटनाक्रमलाई हेर्दा आफैंमा गलत थिएन।

तर वास्तविकता अर्कै थियो। हामी १२ बुँदे सम्झौता गरेर शान्ति प्रक्रियामा आएका थियौ। सम्झौता भइसकेको अवस्था थियो। तर मानसिकता विद्रोहको थियो। त्यो अवस्था अहिले छैन।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...