पत्रकार रन्जन अधिकारी सम्मानित

पोखरा, २२ साउन ।

पोखरा बस व्यवसायी समिति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार रन्जन अधिकारी सम्मानित भएका छन् ।

पोखरा बस व्यवसायी समितिको २४ औं साधारणसभा एवम् १३ औँ अधिवेशनमा नेपाल राष्ट्रिय यातायात व्यावसायी महासङ्घका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले उहाँलाई रु १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

सो अवसरमा उत्कृष्ट चालक भीमबहादुर गुरुङ र रेशम गुरुङ, सहचालक जनक पौडेल र सिद्धिबहादुर बराल, कर्मचारीतर्फ जीवनप्रसाद पौडेल, व्यवसायीतर्फ भीमबहादुर गुरुङ सम्मानित भएका छन् ।

आव २०७२÷०७३ असार मसान्तसम्म १४ र १५ वर्ष पुराना ३४ वटा बस विस्थापित गरी नयाँ सुविधा सम्पन्न बस ल्याएको समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...