माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक भदौमा

काठमाडौं, २८ साउन ।

नेकपा (माओवादी केन्द्र)ले आगामी भदौ ११ गते केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाउने भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टीका सङ्गठनात्मक एवम् एकता प्रक्रियालाई स्थानीय तहसम्म पु¥याउने लक्ष्यका साथ महाधिवेशन आयोजक समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता पम्फा भुसालले महाधिवेशन आयोजक समितिको बैठक आगामी भदौ ११ गते भृकुटीमण्डपमा आयोजना गर्ने र पार्टीको आन्तरिक जीवनमा केही महत्वपूर्ण निर्णय गर्ने जानकारी दिइन् ।

बैठकले सरकारमा सहभागी मन्त्री चयन गर्ने बताइए पनि आज त्यसबारेमा कुनै पनि निर्णय नभएको उनको भनाइ छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...