पूर्व मन्त्री खपाङ्गीको निधन, प्रधानमन्त्री द्वारा दुख व्यक्त

काठमाडौँ  १२  भदौ ।

पूर्व मन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधन भएको छ । उपचारको क्रममा न्यूरो अस्पतालमा उनको  निधन भएको हो  । 

पिसाबमा समस्या देखिएपछि ललितपुरको नख्खु दोबाटोबाट शनिवार अस्पताल भर्ना  गरिएको  थियो ।

पुर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका खपाङ्गी नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका थिए । 

तर उनले माले परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीका सस्थापक महासचिव हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीका अध्यक्ष थिए ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खपाङ्गीको निधनले आफू स्तब्ध भएको बताएका छन् । 

प्रचण्डले पूर्वमन्त्री एवं जनजाति अगुवा गोरबहादुर खपाङ्गीको निधनले स्तब्ध बनाएको बताउदै भन्दै खपाङ्गीप्रति श्रद्धान्जली तथा  समवेदना व्यक्त गरेका छन् ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...