अछाममा जेसीबि पल्टिदा एक जनाको मृत्यू

अछाम, ३१ साउन ।

अछाममा जिल्लाको विरपथ गाविस स्थित चैतेखोलामा जेसिबि डोजर पल्टिदा एक जनाको मृत्यू भएको छ । 

मृत्यू हुनेमा डोजर चालक सिन्धुपाल्चोक घर भएका अन्दाजी २१ वर्षिया सन्तोष तामाङको रहेको अछामका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक बद्रि प्रसाद ढकालले जानकारी दिए ।

उनले उक्त घट्नामा परि सल्याँन थारमारे २ का २२ वर्षिया अमर बस्नेत घाईते भएको बताए । उनलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याईएको छ । 

गैटाँण देखी मंगलसेन आँउने क्रममा सडक भासिएर डोजर पल्टिएको प्रहरी निरिक्षक ढकालले बताए । जेसिवी सडकबाट करिब १ सय मिटर तल खसेको बताउदै घट्ना स्थल तर्फ प्रहरी परिचालन गरिएको उनले बताए ।

घट्नाको प्रहरी मुचुल्का बनाई शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने कार्य भैरहेको ढकालले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...