बैतडी वस दुर्घटनामा मृत्यु हुने तीनको सनाखत

बैतडी, ३१ साउन ।

बैतडीको सिद्धेश्वरमा वस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

मत्यु हुनेमा वझाङ कोटभैरव गाविस ४ की पुनदेवी कठायत र वझाङ देउलीकोट ९ की नानु खड्का रहेका छन् । अर्का एक जना पुरुषको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा १४ जना घाईतेलाई उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पताल लगिएको छ । भने सामान्य घाईते ६ जना घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । 

धनगढीबाट वझाङ गैरहेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नं.को वस आज दिउँसो तिन वजे सिद्धेश्वर गाविस वडा नं. ३ स्थीत विन्द्रावनमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको बताइएको छ । । खोड्पे प्रहरी चौकीवाट सई रुपसिंह थापा नेतृत्वको टोली उद्धारमा खटिएको छ । बसमा कम्तिमा ३६ जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...