नेपाल भर्सेस नेदरल्याण्ड : नेपालले दियो २ सय १८ रनको चुनौती
काठमाडौं ३१ साउन ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्ससामू २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेदरल्याण्डले अहिले जवाफी ब्याटिङ थालेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनायो ।
नेपालले ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको साझेदारी गरेका छन् ।
खड्का ८४ रनमा आउट भए भने पुनले ४५ रन बनाए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २-२ विकेट लिएका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...