नेपाल भर्सेस नेदरल्याण्ड : नेपाललाई ठुलो झट्का, पारस, ज्ञानेन्द्र र अनिल आउट

काठामाडौं, २९ साउन । 

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्सबिचको खेल जारी छ । नेदरल्याण्ड्सको घरेलु मैदान आम्स्टलभीनमा जारी खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ ।

नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ११ रन बनाएर पेभेलियन फर्किएका छन्न । त्यस्तै अर्का ओपनर अनिल मण्डल  ३९ बलमा २० रन बनाउदै आउट भए भने कप्तान पारस खड्का पहिलो बलमै पेभेलियन फर्किए ।

अहिले सरद भेसवाकर र सगर पुन  क्रिजमा साझेदारी गर्दै छन् । ताजा अवस्थामा नेपालले १५ ओभरमा खेल्दै ४२ रन मात्र जोडेको छ ।

एकदिवसीय लिष्ट ए मा नेपाल र नेदरल्याण्ड्सबीच यो तेस्रो भेट हो । यसअघिका दुई भेटमा दुवै टोलीले एक एक खेलमा जित हासिल गरेका छन् । यद्यपि टी-ट्वान्टी फर्म्याटमा भने नेदरल्याण्ड्स अगाडि छ ।

प्रतिकृया दिनुहोस्

Loading...