नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु

काठमाडौँ २९ साउन  । 

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ । नेपालले टस हारेपछि पहिलो ब्यटिङ गर्न मैदानमा उत्रिएको छ । 

नेदरल्यान्ड्सविरुद्ध दुई खेलका लागि युरोपेली भूमिमा उत्रिँदा नेपाली क्रिकेटको फेरि कठिन परीक्षा हुनेछ । स्थानीय वातावरणमा घुलमिल हुन संघर्ष गरिरहेको नेपालले सोमबार पनि नेदरल्यान्ड्ससँग च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्दैछ ।

बिहीबार मात्र नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा ८८ रनमै अलआउट भएकाले नेपालका लागि डच भ्रमण सजिलो नहुने देखिइसकेको छ । 

त्यसमा नेदरल्यान्ड्स ८ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्षस्थानमा छ । स्कटल्यान्ड र पपुवा न्युगिनीसँगको पहिलो चार खेलमा पराजित नेपाल पछिल्लो पटक काठमाडौंमा नामिबियालाई हराउँदै छैटौं स्थानमा पुगेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...