रियो ओलम्पिक : एउटै स्पर्धामा दुई खेलाडीले जिते स्वर्ण

काठमाडौं,२८ साउन ।

ब्राजिलमा जारी रियो ओलम्पिकमा एउटै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका छन्। यो ओलम्पिकमा नयाँ कीर्तिमानी समेत रहेकाे छ ।

एक सय मिटर फ्रिस्टाइल पौडीमा अमेरिकाकी सिमोन म्यानुएल र क्यानडाकी पेन्नी ओलिकसिएकले संयुक्त रुपमा स्वर्ण पदक जितेका हुन्।

उनीहरुले दुवैले एक सय मिटरको दुरी ५२ दशमलव ७० सेकेण्डमा पूरा गरेपछि स्वर्ण पदक दुवैजनालाई दिइएको हो।

अमेरिकाकी २० वर्षीया म्यानुएल पौडीमा स्वर्ण पदक जित्ने कालो वर्णकी पहिलो महिला समेत बनेकी छिन्। क्यानडाकी पेन्नी क्यानडाका लागि पहिलो स्वर्ण जित्ने खेलाडी बनिन्। दोस्रो बनेकी स्वीडेनकी सारा होस्ट्रोमले कास्य पदक जितिन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...