भारतीय राष्ट्रपति नेपाल आउने रणजीत रायको संकेत

काठमाडौं, १ भदौ ।
भारतीय राजदूत रणजीत रायले भारतीय राष्ट्रपति छिट्टै नेपाल आउने संकेत गरेका छन् ।
प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भोलि भारत जाँदैछन् । त्यसको अघिल्लो दिन भारतीय राजदूत रायले नेपाल-भारतबीच उच्च तहको भ्रमण छिट्टै आदान प्रदान हुने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजदूत रायले भने, ‘द्विपक्षीय उच्च भ्रमण तय गन नेपालका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि भोलि दिल्ली जाँदै हुनुहुन्छ ।’ निधिको भारत भ्रमण भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, नेपालका राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय गर्नेमा केन्द्रित रहने उनले स्पष्ट पारे ।
उच्चस्तरको भ्रमण हुन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘नेपाल-भारतवीच द्विपक्षीय उच्च भ्रमण हुन जरुरी छ, यस्ता किसिमको भ्रमणले आपसी सम्बन्ध सुमधुर बनाउँछ ।’ यद्यपि भ्रमणको मिति भने अहिले नै तय भइनसकेको भन्दै उनले आफूहरु भ्रमण मिति तय गर्न गृहकार्यमा जुटेको स्पष्ट पारे ।
भारत नेपालमा स्थायित्व, शान्ति र विकास भएको हेर्न चाहन्छ भन्दै राजदुत रायले थपे, ‘हामी नेपालमा विकास भएको हेर्न चाहन्छौं, त्यसको लागि सहयोग गर्न तयार छौं ।’
कहिलेकाहीँ भारतले नेपालमा अस्थिरता चाह्यो भन्ने आरोप लगाउने गरेको आफूले सुनेको भन्दै राजदूत रायले खण्डन गरे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...