यसरि भयो रियो ओलम्पिकको भब्य शुभारम्भ हेर्नुस् १२ तस्वीर

ब्राजिलको राजधानी रियो दि जेनेरियाको माराकाना स्टेडियममा रियो ओलम्पिक २०१६ को भब्य शुभारम्भ भएको छ । 

रियोको उद्घाटन समारोहमा नेपाली टिमबाट नेपालको झण्डा जुडोकी फुपुल्यामु खत्रीले बोकेकी थिइन् । उनले भारतमा भएको १२ औं सागमा स्वर्ण जितेकी थिइन् ।\रियोमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

आर्चरीका जितबहादुर मुत्ताङ, तेक्वान्दोकी निशा रावल, एथलेटिक्ककी सरस्वती भट्टराई , हरिकुमार रिमाल, पौडीकी गौरिका सिंह र शिरिष गुरुङले पनि भाग लिनेछन् ।

रियाको उद्घाटन समारोह हेर्न रंगशालामा ७५ हजार दर्शक उपस्थित भएका थिए । त्यस क्रममा प्रकाश, संगीत र नृत्यको माध्यबाट ब्राजिलको संस्कृतिहरु देखाइएको थियो । माराकाना रंगशाला र रियोको आकासमा आतिशबाजी समेत गरिएको थियो ।












,

प्रतिकृया दिनुहोस्

Loading...