कांग्रेससँग छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रधानमन्त्री
काठामाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन ।
माओवादीको मन्त्रीहरु छनौट भइसकेको उहाँले कांग्रेससँग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताए बताए । प्रधानमन्त्री प्रचण्डले यो पटक आफू परिणाम निकाल्ने गरी काम गर्ने संकल्पमा साथ प्रधानमन्त्री भएको बताए । उनले मधेसी, थारु लगायतको अधिकतम माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै संविधान कार्यान्वयन गर्ने बताए।
बुधबार रिपोटर्स क्लबको बधाई पत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, राजनीतिक सहमति र संविधान संशोधनबाट माग सम्बोधन गर्ने प्रयासमा छु ।’
मन्त्रिपरिषदको पहिलो बैठकबाटै सम्बोधनको प्रयास भएको भन्दै उनले छिट्टै समाधान निस्कनेमा आशावाी रहेको बताए। उनले यससँगै स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने बताए ।
प्रधानमन्त्री प्रचण्डले महंगी र कालोबजारी नियन्त्रणलाई पनि आफ्नो सरकारले प्राथमिकतामा राखेको पनि बताए ।
प्रतिकृया दिनुहोस्
Loading...