लाजिम्पाटलाई के पर्यो संकट, रातारात फेरियो मन्त्रीको सूची
काठमाडौं, २१ साउन ।
नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको सपथ दिएनन् ।
उनको चाहना सपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो ।
उनको चाहना सपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो ।
जसअनुसार बिहीबार प्रधानमन्त्रीका रुपमा प्रचण्डले र मन्त्रीमा माओवादीका तीन तथा कांग्रेसका पनि त्यति नै जनाले सपथ गर्ने तय गरियो । सपथग्रहणको तयारीमा यत्तिमै सकिएन ।
पहिलो चरणमा क–कसले सपथ ग्रहण गर्ने भन्न नाम पनि अघिल्लो दिनै तय गरियो जसका लागि नेकपा माओवादी केन्द्रबाट कम्तीमा तीन नेता कृष्णबहादुर महरा, जनार्दन शर्मा र राम कार्कीले सपथ लिने निश्चित गरिएको पार्टीभित्रैबाट चर्चा चलाइयो ।
अध्यक्ष प्रचण्डसँगै मन्त्रीको सपथ लिन नेताहरु पनि व्यग्र प्रतिक्षामा थिए । नागरिक दैनिकमा खबर छ ।
अध्यक्ष प्रचण्डसँगै मन्त्रीको सपथ लिन नेताहरु पनि व्यग्र प्रतिक्षामा थिए । नागरिक दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...