ओलम्पिकमा कास्यका लागि निशाको आशालाग्दो प्रदर्शन

काठमाडौं, ५ भदौ ।

नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले रियो ओलम्पिकको कास्य पदकका लागि भएको भिडन्तमा आशालाग्दो प्रदर्शन गरेकी छिन् ।

फेन्च खेलाडी ग्वाल्डीज ईपान्गुईसँगको खेल ४÷३ ले गुमाउँदै कास्य पदकको संभावनाबाट टाढिएपनि निशाले अघिल्लो दिनको तुलनामा सुधारिएको प्रदर्शन गरेकी हुन् ।

पहिलो खेलमा निशालाई हराएकी चिनियाँ खेलाडी झेङ फाईनलमा पुगेपछि निशाले कास्य पदकको लागि खेल्ने अवसर पाएकी हुन् ।

फ्रेन्च खेलाडीविरुद्धको खेल गुमाएपनि निशाले ३ अंक स्कोर गरिन् । ओलम्पिकमा सहभागि नेपाली तेक्वान्दो खेलाडीले ल्याएको यो पहिलो अंक हो ।

यसअघि नेपालबाट संगिना वैद्य र दिपक विष्टले छनौट चरण पार गर्दै ओलम्पिकमा पुगेपनि आशा गरे अनुरुपको प्रदर्शन गर्न सकेका थिएनन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...