रेड कार्ड पाउनु पर्ने खेलाडी मैदानमा, कुटाइ खाने बाहिर !

काठमाडौँ १३ भदौ। 

म्यानचेस्टर सिटीका सर्जियो अग्युरो विश्व फुटबलका उत्कृष्ट सेन्टर फरवार्ड हुन्, यसमा कुनै विवाद छैन । तर उनले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा वेष्ट ह्यामसँग भएको खेलमा उनले आफ्नो खेलको नराम्रो पक्ष देखाए ।

खेलको ७५ औं मिनेटमा अग्युरो वेष्ट ह्यामका विनस्टन रिडसँगको ट्यकलमा थिए । अग्युरोले रिडको अनुहारमा आफ्नो कुहिनोले हाने । यो स्पष्ट देखिन्छ । उनले बल लगाएर कुहिनोले रिडको अनुहारमा हानेका छन् ।

यसका लागि अग्युरोले रातो कार्ड पाउनु पर्ने थियो, तर त्यस्तो भएन । अग्युरोले कुहिनोले हानेपछि घाइते भएका रिड मैदानबाट बाहिरिए । रेफ्रि आन्द्रे मेरेनाले नजिकै रहेर पनि अग्युरोले रिडलाई हानेको देखेनन् ।

यो घटनाबारे निर्णय गर्न फुटबल एसोसिएसनले भिडियोलाई प्रमाणको रुपमा लिन सक्ने छ । यदी फुटबल एसोसिएसनले भिडियो हेर्‍यो भने अग्युरो कारबाहीमा पर्ने निश्चित छ ।

यस्तो भएमा अग्युरो म्यानचेस्टर डर्बीमा खेल्न पाउने छैनन् । फुटबल पण्डितहरुले पनि अग्युरोले रातो कार्ड पाउनु पर्ने बताएका छन् । 

,

प्रतिकृया दिनुहोस्

Loading...