नेपाल भर्सेस नेदरल्याण्ड : प्रतिस्पर्धा जारी, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट (लाइभ हेर्नुस् )
काठामाडौं, २९ साउन ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्सबिचको खेल जारी छ । नेदरल्याण्ड्सको घरेलु मैदान आम्स्टलभीनमा जारी खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ ।
नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ११ रन बनाएर पेभेलियन फर्किएका छन्न । अहिले अर्का ओपनर अनिल मण्डल सरद भेसवाकर क्रिजमा साझेदारी गर्दै छन् । ताजा अवस्थामा नेपालले ९ ओभरमा खेल्दै २७ रन मात्र जोडेको छ ।
एकदिवसीय लिष्ट ए मा नेपाल र नेदरल्याण्ड्सबीच यो तेस्रो भेट हो । यसअघिका दुई भेटमा दुवै टोलीले एक एक खेलमा जित हासिल गरेका छन् । यद्यपि टी-ट्वान्टी फर्म्याटमा भने नेदरल्याण्ड्स अगाडि छ । नेपाल र नेदरल्याण्डबीच अर्को दोस्रो खेल पर्सी हुनेछ ।
एकदिवसीय लिष्ट ए मा नेपाल र नेदरल्याण्ड्सबीच यो तेस्रो भेट हो । यसअघिका दुई भेटमा दुवै टोलीले एक एक खेलमा जित हासिल गरेका छन् । यद्यपि टी-ट्वान्टी फर्म्याटमा भने नेदरल्याण्ड्स अगाडि छ । नेपाल र नेदरल्याण्डबीच अर्को दोस्रो खेल पर्सी हुनेछ ।
विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने लक्ष्य राखेको नेपालका लागि दुबै खेल निकै महत्वपूर्ण छ । जगत टमाटाको प्रशिक्षणमा रहेको नेपाली टोलीले कम्तिमा एक खेल जित्ने लक्ष्य बनाएको छ । यदि नेदरल्याण्ड्सले घरेलु मैदानमा नेपालबिरुद्ध जित हासिल गर्ने हो भने उसका ओपनिङ ब्याट्सम्यान स्टेफन माइबर्गको भूमिका महत्वपूर्ण हुनेछ ।
कम्तिमा यसअघिको इतिहासले यहि बताउँछ । उनको प्रदर्शन यसअघिका खेलहरुमा अस्वभाविक छ । गत बर्ष भएको चार टी-ट्वान्टीको शृङखलामा उनलाई नेपाली बलरले आउट गराउनै सकेका थिएनन् । श्रृंखलामा उनले २ खेलमात्र खेलेका थिए, जसमा पहिलोमा ६७ र तेस्रोमा ७१ रनको अविजित पारी खेलेका थिए ।
खेलको टेक्स लाईभ हेर्न यहाँ क्लिक गार्नुहोला
प्रतिकृया दिनुहोस्
Loading...