पत्रकारिता क्षेत्र आवाज विहीनको आवाज बन्नुपर्छ – मन्त्री केसी

विराटनगर, १३ असोज ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पत्रकारिता क्षेत्र आवाज बिहिनहरुको आवाज बन्नु पर्ने बताएका छन्।

विराटनगरमा रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट पत्रकार अजित तिवारीलाई सम्मान गर्दै मन्त्री केसीले यस्तो बताएका हुन्। 

उनले नागरिक दैनिकका पत्रकार तिवारीलाई ११ हजार १११ राशिको पुरस्कारका साथै सम्मानपत्रद्वारा सम्मानित गरेका छन् ।

सो अवसरमा मन्त्री केसीले पत्रकारिता क्षेत्र ‘आवाज विहीनको आवाज’को रुपमा रहेको चर्चा गर्दै सरकारको नीतिलाई जनता समक्ष र जनताको आवाजलाई सरकारसमक्ष पु¥याउने कार्यमा सञ्चार क्षेत्र सजग रहनुपर्ने धारणा राखे ।

नेपाली काँग्रेस पत्रकारको अधिकारलाई अविछिन्न राख्न प्रतिबद्ध रहेको भन्दै उनले श्रमजीवी ऐनलाई व्यवहारमा कार्यान्वयन गराउन सरकार कटिबद्ध रहेको स्पष्ट पारे ।

चैत महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउनुपर्ने भएकाले तीन दलबीच सहमति आवश्यक छ भन्दै एकताको भावनालाई असर नपर्ने गरी सबैको भावनालाई समेट्दै मिलन बिन्दुमा पुगेर समस्या समाधान गर्नुपर्ने सुझाव प्रकट गरे ।

नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार ‘नवोदित’को अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद अमृत अर्याल, प्रजिअ तोयम राय, पुरस्कार स्थापित गर्ने सुभाष रिजाल, पुरस्कृत अजित तिवारी, नेपाल प्रेस युनियन पूर्वाञ्चलका संयोजक लीलाबल्लभ घिमिरे, मोरङ उपाध्यक्ष कुमार लुइँटेल, अन्नत न्यौपाने र कुमोद अधिकारीले आआफ्ना धारणा प्रकट गरेका थिए।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...