जानिराख्नुस, यी खाने कुराले बढाउछ मानिसको आयु !

(एजेन्सी)-सिड्नी विश्वविद्यालयको एउटा अध्ययनले प्रोटिन कम भएका खाने कुराले मानिसको आयु बढाउने निष्कर्श निकालेको छ ।

त्यस्तै उच्च कार्वोहाइड्रेट भएको खानाले आयु बढाउने हार्मोन वृद्धि गर्ने पनि अध्ययनले देखाएको छ । मेडिकल जर्नलमा सेल मेटाबोलिजममा प्रकाशित नतिजामा प्रोटिकन कम भएको खानेकुराले मानिसको आयु बढाउने हर्मोन उत्पादनमा वृद्धि हुने देखाएको छ । अध्ययनका क्रममा ८०० भन्दा बढी मुसालाई २५ प्रकारका खानेकुरा खुवाइएको थियो ।

जसमा प्रोटिन र कार्वोहाइड्रेटको मात्रा फरक फरक थियो । मुसाहरुले उच्च कार्वोहाइड्रट खाएपछि उनीहरुमा हार्मोनको मात्रा पनि बढेको थियो । सोधकर्ताले भनेका छन्, ‘मानिसको आयु बढाउन महत्वपूर्ण भूमिका खेल्ने एफ जी एफ २१को मात्रा प्रोटिन र कार्वोहाइड्रेटको मात्रामा निर्भर भएको पत्ता लगाएका छौं ।’

सोधर्काहरुले हाइप्रोटिन डाइटको सट्टा ठ्याक्कै यसको विपरित हाई कार्वोहाइड्रेट र लो प्रोटिन खानेकुरा खान सुझाउँदै यस्तो प्रकृतिको डाइटबाट स्वस्थ र लामो जीवन जिउन सकिने पनि बताएका छन् ।

अध्ययनले लो प्रोटिन र हाई कार्वोहाइड्रेट डाइट क्यालोरी निशेधित डाइट जस्तै फाइदाजनक रहेको र यसले न्युन कलेस्ट्रोल र इन्सुलिनको सेन्सिटिभिटी पनि बढाउने देखाएको बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...