लक्ष्मण थारुलाई प्रचण्डले योजनाबद्ध रुपमा ताज होटलमै भेटेको खुलासा

काठमाडौं, १४ असोज ।

प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणकाबेला मधेस आन्दोलनमा भएको टीकापुर घटनाका प्रमुख फरार अभियुक्त भनिएका रेशम चौधरीलाई भेटेको भ्रमण टोलीकै एक सदस्यले खुलासा गरेका छन् ।

प्रचण्डको दिल्ली भ्रमण टोलीका सदस्य मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले रेशम चौधरीलाई प्रचण्डले भेटेको खुलासा गरेका हुन् ।

शुक्रबार ब्यवस्थापिका संसदको बैठकमा बोल्दै फोरम लोकतान्त्रिकका सचेतक चौधरीले प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई नियोजित रुपमा भने भेट नगरेको बताए । फरार अभियुक्त चौधरीसँग प्रचण्डको दिल्लीको ताज होटलमा भेट भएको पनि स्पष्ट गरे ।

कसरी भयो भेट ?

सांसद चौधरीले भन्छन्– ‘ताज मल होटलमा भएको कार्यक्रममा सुरक्षा निकायले कसैलाई पस्न दिएको थिएन । पछि डिनरका बेला थारु आन्दोनलको पक्षमा उभिने सांसदहरु आएका छन् भनेर उनी हामीलाई भेट्न आएका थिए ।

एक जना नेपालीका नाताले प्रधानमन्त्रीलाई देख्ने वित्तिकै उठेर अभिवादन गर्नु स्वभाविक हो । यसलाई अतिरञ्जित व्याख्या भरियो ।’
आन्दोलनका फरार अभियुक्तलाई भेट्नुलाई अतिरञ्जित गर्न नहुने पनि उनले बताए ।

थरुहट आन्दोलनकै संयोजक मन्त्री हुँदा आन्दोलनका अर्का ब्यक्तिलाई भेट्न नहुने ? भनी चौधरीले प्रश्न गरे । 


खबर डबलीबाट

, , ,

प्रतिकृया दिनुहोस्

Loading...