राष्ट्रघात गरेको भन्दै प्रचण्डबिरुद्ध भद्रकालीमा धर्ना बसे बाबुराम

काठमाडौँ, १४ असोज ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले शुक्रबार भद्रकालीमा धर्ना दिएको छ । राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध भन्दै दिइएको धर्नामा भट्टराईसहितका नेताहरु छन् ।

नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गरेको छ । ७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको बताएको छ । उसले भनेको छ, ‘यो राष्ट्रघात हो यसले स्वाभिमानी नेपालको शिर झुकाएको छ ।’

नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गरेको छ । दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिएको तर, सरकार रमिते बनेको उसको आरोप छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...