प्रेस सेन्टर सम्मेलमा लफडा - प्रचण्ड बोल्दा हुटिङ, बन्दशत्र स्थगित

काठमाडौं,१४ असोज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्ड बोल्दै गर्दा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको बन्दशत्रमा ‘हुँदैन’ भदै हुटिङ भएको छ ।

प्रचण्ड बोल्दै गर्दा यसरी उनको प्रस्तावको विरोधमा पहिलोपटक हुटिङ भएको हो । प्रेस सेन्टरको बन्दशत्रमा अध्यक्ष प्रचण्डले संगठनका संस्थापक अध्यक्ष तथा आजभन्दा १३ वर्ष अघि नै अध्यक्ष बनिसकेका महेश्वर दाहालतर्फ इंगित गर्दै केही महिनालाई अध्यक्ष बनाउनुपर्ने एकताको प्रिड र भाव रहेको बताएपछि हुँदैन भन्दै हुटिङ भएको बन्दशत्रमा सहभागी एक प्रतिनीधिले बताए ।

प्रचण्ड बोलेर हिडे लगत्तै माओवादीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन बोलेका थिए । उनले बोल्दै गरेको कसैले नसुनि बाहिरिएपछि अहिले बन्दशत्र स्थगित भएको छ ।

प्रेस सेन्टरको अध्यक्षमा ओम शर्मा, विष्णु सापकोटा, बलराम थापा र सचिन रोक्काले दावी गर्दै आइरहेका छन् । तर सचिन रोक्का छोड्ने मनस्थितिमा रहेको बताइन्छ भने ओम शर्मा सर्वसम्वत भएमात्रै बन्ने योजना रहेको बताइन्छ ।

अन्तिममा विष्णु सापकोटा र बलराम थापामा सहमति हुने सम्भावना भएपनि पार्टीले हस्तक्षेप गरेको सेन्टरका सदस्यहरु बताउँछन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...