स्याङजाको करेभन्ज्याङ्गमा पहिरो, तीज मनाउन गएका ४ को मृत्यु
स्याङजा १९ भदौ ।
स्याङजामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । स्याङजाको करेभन्ज्याङ्ग गाविस ७ को उपल्लो ताप्केमा पहिरो जाँदा चन्द्रकला सारु मगर र उनको घरमा तीज मनाउन गएकाहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एकै कोठामा सुतिरहेका थमनसिँह सारुका आमा वर्ष ७८ की चन्द्र कुमारी सारु, मल्याङ्कोट घर भई माइत आएकी वर्ष ३१ की हुम कुमारी मसराङ्गी , वर्ष ७ की पुनम मसराङ्गी र १ वर्षीय मिलन मसराङ्गीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङ्ले जनाएको छ ।
पहिरो अन्दाजी २ वजेको समयमा खसेको हुन सक्ने प्रहरीले भनाइ छ । घटना र क्षतिको थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस्
Loading...

