ताप्लेजुङ पहिरोमा परी ४ को मृत्यु मेची राजमार्ग अबरुद्ध

आलोक माबोहाङ् लिम्बू  फुङलिङ १९ भाद्र ।

ताप्लेजुङमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङ नगरपालिका ८ की दिलकुमारी पालुङवा (सुब्बा माईली), बिमला मगर, छोराहरु ९ वर्षका ललित र ७ वर्षका मनोज मगर को मृत्यु भएको हो ।

भिषण वर्षाका कारण घर माथिबाट खसेको पहिरोले घर बगाउँदा वेपत्ता भएकी ताप्लेजुङ नगरपालिका ८ कि स्थानीय दिलकुमारी पालुङवाको शब दिउँसो ३ बजे, स्थानीय, नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरीबलले पुरिएको घरबाट निकालेको छ ।

उनकी बहिनी कृष्णकुमारी पालुङ्वा गम्भिर घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडाको अधिकांश ठाउँ (१०० स्थान) मा पहिरो गएको छ ।

पहिरोले घर पुर्दा पूर्ण र आंशिक गरी ५० घर बढीमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । ताप्लेजुङ नगरपालिका ८ मा पहिरोले सबैभन्दा धेरै घर र भूभागमा क्षति गरेको छ ।

मानबीय क्षति भने १ को मात्र भएको छ । वडा नम्बर २ मा ३२ घर पहिरोले बगाएको छ । सो परिवारका १ सय ५५ जना विस्थापित भएका छन् । विस्थापितलाई सुरक्षित स्थान मेची होराईजन अंग्रेजी विद्यालयमा राखिएको छ ।

त्यस्तै ताप्लेजुङ नगरपालिकाको वडा नम्बर ५,६ मा विभिन्न भाग र सडकमा धजा फाटेर चिराचिरा परेको छ । अझै पानी पर्ने हो भने नगरपालिकाको मुख्य बजार फुङलिङ बजार नै खतरामा पर्नेछ ।

भाद्र १८ गते बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्ममा १ सय ३७ मिलिमिटर पानी परेको थियो । यसबर्षको सबैभन्दा धेरै मापन गरिएको वर्षातले नगरपालिका धैरै स्थानलाई जोखिम बनाएको छ ।

२०७२ साल जेष्ठ २७ गते राती ताप्लेजुङको पश्चिमी विभिन्न गाविसमा ठूलो धनजनको क्षति हुने गरी पहिरो जाँदा १ सय २९ मिलिमिटर मात्र पानी परेको थियो ।

मेची राजमार्ग खुल्नेको टुङ्गो छैन सदरमुकाम केन्द्रिीत पहिरोको कारण मेची राजमार्ग अन्र्तगत काबेली ताप्लेजुङ सडक खण्डमा १ सय मीटर ल्याङबा (धुसेनी भीर) मा खसेको पहिरोले सडक बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । माथिबाट खसेको पहिरोले ५० मीटर सडकमा पहरा निकाल्दा मेची राजमार्ग अबरुद्ध भएको हो ।

सडक खुलाउन हिज दिनभर प्रयास गरे पनि बाटो खुलाउन सकिएको छैन । सडकलाई अन्यत्र घुमाउँदा मात्र सडक खुल्ने सम्भावना छ । काबेली ताप्लेजुङ सडक खण्डको ल्याङबा (धुसेनी भीर) मा खसेको पहिरोले सडक बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

बाटो खुलाउने काम भैरहेको र बाटो खुल्न हिज मध्यान्नसम्म लाग्ने प्रजिअ पाण्डेले बताए पनि अझै केहिदिन लाग्ने भएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...