धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो, १६ जनाको सनाखत (नाम र ठेगाना सहित )



काठमाडौं,११ असोज ।

उत्तरी गाविस मार्पाकमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या १९ पुगेको प्रहरीले जनाएको छ । मृतकमध्ये १६ जनाको सनाखत भएको छ ।

घटनास्थलमा १७ जनाको र काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सदरमुकामबाट पोष्टमार्टम टीमसहित एसपी घटनास्थलमा


घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । शवहरु खोलाको बगरमा राखिएको छ । आफन्तहरुको रुवाबासी चलिरहेको प्रहरीले जनाएको छ ।

वरिपरका गाविसका प्रहरीसँगै अधिकांश मृतकका आफन्तहरु समेत गरेर तीन सय जना घटनास्थलमा छन् । उनीहरुले शव निकाल्ने र पहिचान गर्ने काम गरिरहेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी शरद खत्री ३० जना प्रहरीको टोली लिएर घटनास्थलमा छन् । प्रहरी टोलीसँगै जिल्ला अस्पताल धादिङबाट पोष्मार्टम गर्ने चिकित्सकको टोली पनि मापार्क पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रकाश सुवेदीले जानकारी दिए ।

मृतक १९ मध्ये सनाखत हुने १६ जनाको नाम ठेगाना निम्न छ ।

१. बस चालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा

२ . मार्पाक–५ का कमल पौडेल

३.सत्यदेवी–३ का लिलाबहादुर गुरुङ

४ . मार्पाक–५ का दिलकुमारी अधिकारी

५ .दार्खा–९ रामचन्द्र सापकोटा

६ .मार्पाक–५ का पवनबहादुर स्माइली मगर

७ . सत्यदेवी–३ की चिरमाया तामाङ

८ .सत्यदेवी–३ का रावन तामाङ

९. रि गाउँ–८ कि मुना तामाङ

१०. सत्यदेवि–२ रंगसिंह तामाङ

११. सत्यदेवि–२ मिदिजंग तामाङ

१२ . सत्यदेवि–२ रौता तामाङ

१३ . रि गाउँ–२ का चन्द्रमान तामाङ

१४ . रि गाउँ–२ का टेकबहादुर तामाङ

१५ , गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले

१६ ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ ।

फोटो अनलाइनखबरबाट

,

प्रतिकृया दिनुहोस्

Loading...