५ लाखको लेनदेनमा ३२ लाख झ्वाम पार्न खोज्दा जग्गा नै विप्लव माओवादीको कब्जामा

भक्तपुर, ९ असोज ।

भक्तपुरको कटुन्जे ३ थापाटोल सिरुफाँटमा रहेको विमला घिमिरेको विवादित जग्गामा माओवादीको झन्डा गाडिएको छ ।


करुणा थेच्मी र देवलाल थेच्मीसँग विवादमा रहेको तीन आना दुई पैसा दुई दाम क्षेत्रफलको उक्त जग्गासम्बन्धी मुद्दा नेकपा (माओवादी) को केन्द्रीय न्याय विभागमा परेको थियो ।

करुणा–देवलाल समूहले पाँच लाखको घरायसी लेनदेनमा जबर्जस्ती धाकधम्की दिएर विमलालाई पाँच गुना बढी रकम २२ लाखको लेनदेनको कागज गराएको र ब्याजसमेत गरी ३२ लाख रकम दाबी गर्दै आएको थियो ।

कित्ता नं १७१८ को उक्त जमिन जबर्जस्ती दृष्टिबन्धक गराइएको, अवाञ्छित गतिविधि गरी सत्तालाई प्रभावित गरेर अन्याय गरेको दाबीसहित केन्द्रीय न्याय विभागमा मुद्दा चलिरहेको र विभागले छलफलका लागि दुवै पक्षलाई झिकाएको अवस्थामा करुणा पक्ष छलफलमा नआएकाले उक्त जमिनमा पार्टीको झन्डा गाडिएको स्रोतले जनाएको छ ।

नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत रहेका भक्तपुर जिल्ला सेक्रेटरी÷इन्चार्ज आजादले विमला–करुणा लेनदेन मुद्दा पार्टीले अध्ययन गरिरहेको पुष्टि गरे ।

केन्द्रीय न्याय विभागका प्रमुख आदर्शले प्रारम्भिक अध्ययनमा उक्त लेनदेन प्रक्रियामा विमलामाथि जालझेल, अन्याय र षड्यन्त्र भएको देखिएको बताए ।

उनले मुद्दामा छानबिन जारी रहेको पनि बताए । विप्लव नेतृत्वको नेकपा (माओवादी) को सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय कार्यालय टिम सदस्य एवम् सांस्कृतिक विशेष समितिका सेक्रेटरी खेम थपलियाले पार्टीसँगको सल्लाहमा विवादित जग्गामा झन्डा गाडिएको पुष्टि गरे ।

एसियन समाचार बाट

, , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...