अल्पपोषण असुरक्षित यौन सम्बन्ध भन्दा बढी खतरनाक

काठमाडौं ९ असोज।

कमसल खाद्यान्न र अल्पपोषणका कारण विश्वका एक तीहाई मानिसको स्वास्थ्यमा खतरा उत्पन्न भएको स्वतन्त्र अनुसन्धाकर्ताले बताएका छन् ।

कृषि तथा खाद्य विशेषज्ञ रहेको स्वतन्त्र प्यानलले विश्वमा कमसल खाद्यान्न तथा अल्पपोषणका कारण स्वास्थ्य खतरा बढाएको भन्दै चेतावनी दिएका छन् ।

पेटभरी खान नपाएका कारण पाँच वर्षमुनिका विश्वका एकचौथाइ बालबालिकाको विकासमा प्रभाव परेको छ । यस्तै सन् २०३० सम्ममा विश्वका एक तीहाई मानिसमा मोटोपनको समस्या देखिन सक्ने पनि अनुसन्धानकर्ताले बताएका छन् ।

कमसल खाद्यान्न तथा अल्पपोषणका कारण मुटु सम्बन्धी रोग, मधुमेह, हाइपरटेनसनसहितका रोगको जोखिम बढ्दै गएको छ । यस्ता रोगका कारण पछिल्लो समय विकासशील देशका मानिस बढी प्रभावित भएको ग्लोबल प्यानल अन एग्रिकल्चर एण्ड फुड सिस्टम फर न्युट्रेसनले अनुसन्धानबाट देखिएको छ ।

अहिलेको जस्तै अवस्था रहने हो भने अबको २० वर्षमा अवस्था झन गम्भीर बन्दै जाने प्यानलले बताएको छ । 

एचआइभी तथा मलेरिया विरुद्ध लड्नका लागि गरिएको जस्तै गरी विश्वव्यापी प्रयास गरिए मात्रै यो समस्याबाट बच्न सकिने उनीहरुले बताएका छन् । कमसल खाद्यान्न तथा कम पोषणका कारण बालबालिका तथा सुत्केरीमा कुपोषणको समस्या झन बिकराल बनेको छ ।

यस्तै उच्चरक्त चापका बिरामीको संख्या पनि बढेको छ । कमसल खाद्यान्नका कारण देखिएका समस्या धुम्रपान, वायु प्रदुषण, सरसफाइको कमी तथा असुरक्षित यौन सम्बन्धका कारण देखिएका समस्या भन्दा पनि गम्भीर रहेको प्यानलले जनाएको छ । अहिले विश्वका ८० करोड मानिसलाई दैनिक छाक टार्न मुस्किल छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...